
चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार १३० जनाको नमुना परीक्षण गरिएकोमा चितवनका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा भरतपुर महानगर वडा नं. २, ४, ७ र १० का नौ जना छन् । जसमध्ये २५ वर्षीया एक महिला रहेकी छन् । आठ पुरूषमा २३, ३०, २९, २०, ३२, ३५, २३ र २८ वर्षका छन् । यसैगरी राप्ती नगरपालिका–९ की ३७ वर्षीया एक महिला, रत्ननगर नगरपालिका–१३, जयमंगलाका ६३ वर्षीय एक पुरूष र खैरहनी नगरपालिका–८ का २३ वर्षीय एक पुरूषमा संक्रमण भेटिएको कोभिड–१९ प्रयोगशाला भरतपुरकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् ।
यस्तै, भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाले बुधबार लिइएको स्वाबको नतिजाअनुसार चितवनका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरका एक जना र राप्ती नगरपालिकाका ६ जना रहेका छन् । राप्ती नगरपालिकामा संक्रमितको कुल संख्या १४ पुगेको छ ।
इच्छाकामना गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् । संक्रमित भेटिएपछि गाउँपालिर्का सिल गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
चितवनमा कोरोना संक्रमण बढेपछि संक्रमणलाई फैलन नदिन थप सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।