चितवन । सौराहामा रहेका बैंक, वित्तीय संस्था तथा अन्य सामाजिक संघसंस्था बन्द गरिएको छ । रत्ननगर नगरपालिकाले कोरोना संक्रमण समुदायस्तरमा फैलिन नदिन बैंक, वित्तीय संस्था तथा अन्य सामाजिक संघसंस्था बन्द गरेको हो ।

सौराहामा रहेको प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंक, वित्तीय संस्था तथा संघसंस्था बन्द गर्ने निर्णय गरिएको मेयर नारायण वनले जानकारी दिए ।

बिहीबार सम्पन्न नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैंठकले सौराहाका बैंक तथा वित्तीय संस्था र नगरभित्रका सहकारीहरुले घरघरमै पुगेर रकम संकलन गर्ने कार्य अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले जानकारी दिए ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएको सौराहाको प्रभु बैंकको शाखा कार्यालय सिल गरिएको छ । बैंक सिल गरेर त्यहा कार्यरत अन्य आठ जना कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया