
महेश पाण्डे
३० श्रावण, चितवन । जयमंगलाका कोरोना पोजेटिभ देखिएका एक संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ । बिहिबार भरतपुर अस्पतालको कोभिड ल्याबमा गरिएको परिक्षणको क्रममा रत्ननगर–१३, जयमंगला प्रगति टोलमा बस्ने ६३ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नै घरबाट बिरामी भएर पटक पटक स्वास्थ्य परिक्षणको लागि भरतपुर अस्पताल गएका उनको बिहिबार कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
रत्ननगर नगरपालिकका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुशार ति बिरामी क्षयरोगबाट पनि ग्रसित भएको र उनको अवस्था गम्भिर रहेको छ ।
आफ्नै घरमा रहेका उनलाई कोरोना पोजेटिभ देखिए पछि आज (शुक्रबार) नै भरतपुर अस्पताल पठाइएको उनले जानकारी दिए । पौडेलकका अनुशार उनको अवस्था हेर्दा उनमा अरु स्वास्थ्य समस्या पनि हुन सक्ने र अरु दिर्घ रोगको समस्या भए नभएको अन्य स्वास्थ्य परिक्षणबाट थाहा हुने बताए । उनमा पटक पटक स्वास्थ्य समस्या आएपछि उनि भरतपुर अस्पताल जाने आउने गरेको अवस्था देखिन्छ त्यहिबाट कोरोना सरेको हुनसक्ने पौडेलले आशंका ब्यक्त गरे ।
वडा नं. १३ सिल
यसैबिच घरमै रहेका ब्यक्तिमा कोरोना देखिएपछि उनि बस्ने रत्ननगर–१३ लाईनै सिल गरिएको छ । अझ त्यसमा पनि उनि बस्ने प्रगति टोललाई अझ बिशेष रुपमा जोखिममा राखिएको । रत्ननगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले एक सुचना जारी गरेर अर्को सुचना नभए सम्मको लागि वडा नं. १३ सिल गरिएको बताएका छन् । भण्डारीद्धारा जारी उक्त सुचनामा कोहि कसैलाई अत्यावश्यक काम बाहेक नहिड्न आग्रह गरिएको छ भने हिड्नै परे कोभिड नियन्त्रणको लागि आवश्यक स्वास्थ्य उपायहरु अपनाएर मात्र हिड्न भनिएको छ ।
कन्ट्रयाक ट्रेसिङ गरिदै
जयमंगला प्रगति टोलमा रहेका अझ बिशेषगरि संक्रमितको सम्पर्कमा रहेकाको कन्ट्रयाक ट्रेसिङ गरेर कोरोना परिक्षण गरिने भएको छ । पौडेलका अनुशार अबको एक हप्ताका उनको परिवारको कोरोना परिक्षण गरिने छ भने त्यस पछि टोलमा र उनको कन्ट्रयाकमा रहेकाको कोरोना परिक्षण गरिनेछ ।