चितवन ३१ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने टिकौली क्षेत्र सिल गरिएको छ । चौकीटोलका ६१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए । टिकौली चौकी टोलको सिंचाई गेट देखि पश्चिक देबकी पेट्रोल पम्प जंगल सम्म,खगरी नहर देखि उत्तर तर्फ राजमार्ग सम्मको क्षेत्रलाई संवेदनशिल क्षेत्र मानी सिल गरिएको वडा सदस्य तथा कार्यकालिका सदस्य सरस्वती लामाले जानकारी दिइन । वडा कार्यालयमा सर्बदलिय बैठक पछि जारी गरिएको सुचनामा टिकौली क्षेत्र सिल गरिएको र वडा कार्यालयको दैनिक प्रशासनिक काम बन्द गरिएको जनाइएको छ । प्रशासित सुचनामा चौकीटोलबासीहरुलाई अत्याबश्यक काम बाहेक कोही कतै हिडडुल नगर्न,घरबाहिर नजान आग्रह गरिएको छ । कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनगर गरी वडा नं ९ को वडा कार्यालयको दैनिक प्रशासनिक काम समेत बन्द गरिएको छ । शुक्रवार जयमंगलाका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि साविक १३ नम्बर वडा सिल गरिएको थियो । त्यसैगरी सौराहाको प्रभू बैंकका कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सौराहाका बैंक,वित्तीय संस्था,सहकारी तथा विभिन्न संघ संस्था बन्द गरिएको छ ।