अजित अधिकारी, चितवन । पछिल्लो समय चर्चाको शिखरमा रहेको चितवन माडीको अयोध्याको बारेमा अहिले पनि उत्तिकै बिश्व समुदायमा चर्चा अनि परिचर्चा भइरहेको छ । भने कतिपयले देशमा यस्तो विषम परिस्थितिमा पनि जनता कोभिड १९ बाट प्रभावित भएको समयमा सरकाले उचित स्वास्थ्य सेवा सुबिधा र उपकरणको ब्यबस्थापन गर्नुपर्ने बेलामा यसरी धार्मिक कार्यमा लाग्नुको कुनै अर्थ नरहेको विभिन्न सरोकारवालाहरु बताउँछन ।
उता केही समय अगाडि माडीको कुसुमखोलामा निकुञ्ज प्रशासन बाट भएको ज्यादतीको विरोध र दोषीलाई तत्काल कारबाही गरी गरीबको घर बनाउनुपर्नेमा राम मन्दिर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै भएको माडीका बुद्धिजीवीहरु बताउछन ।

यसै विषयमा रहेर केही समय अगाडि माडीका सामाजिक तथा बौद्धिक ब्यक्तित्व अनुप तिवारीले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो लेखेका छन । उनको अनुमतिमा नेपाली आवाजमा हामिले प्रकाशित गरेको तिवारीको लेख यस्तो रहेको छ । कमरेड ! के तिमि कम्युनिस्ट नै हौ त ? तिम्रो दर्शन, सिद्धान्त, र प्राथमिकता यही नै हो त ? तिमीले ५०-६० बर्ष कम्युनिस्ट राजनीति गरेर जनता लाई दास बनाउनु बाहेक के गर्यौ ? तिमी त अब बुढो भैसक्यौ , त्यस कारण तिमिलाइ मन्दिर चर्च र मस्जिद महत्त्वपूर्ण भयो र अरबौ रकम लगानी गर्दैछौं । तर त्यो रकम आजको युवा को लागि उत्पादन संग जोडेर हेर त अनि सोच त ? पहिलो प्राथमिकता जनता त्यसपछि मात्र मन्दिर ,चर्च र मस्जिद ! कोभिड १९ को कारण अर्थतन्त्र तहस नहस भयको समयमा रामको नाममा अरबौको महल (मन्दिर ) बनाउनुको सट्टा आवास बिहिन गरिबहरुको लागि झुपडी बनाईदेउ , पि सि आर परिक्षण गरिबको पहुँचसम्म पुराइदेउ , बन्यजन्तु बाट माडिबासीलाई सुरक्षित बनाइदेउ , गरिबहरुको घरसम्म पुग्ने बाटो बनाइदेउ , गरीबहरुको लागि निशुल्क शिक्षा र स्वास्थ्यको ब्यबस्था गरिदेउ , किसान को लागि घर- घरमा मल बीउ पुर्याइदेउ , बाढिपीडित हरुको लागि तत्काल राहत को ब्यबस्था मिलाइदेउ र राजनीति को आड मा हुने भ्रस्टाचार को बिरुद्ध मा दुई शव्द मात्र बोलिदेउ , सक्छौ बोल्न ? सक्दैनौं । किनकी तिमी भित्र छलकपट लोभ लालच र पाप छ । तिमी पापी हौ त्यस कारण तिमी लाई मन्दिर चर्च र मस्जिद चाहियको छ । तिमी कहिल्यै सक्कली कमरेड हुन सक्दैनौं ।
जनता लाई अहिले भब्य मन्दिर र मदिर भित्र राख्ने बहुमुल्य बस्तु अनि अक्षता र दूध होइन कि बाँस बस्न को लागि झुपडी, एकसरो कपडा र भोक मेट्न दुई मुठी चामल चाहियको छ । यस विषयमा अलि सच्चा कमरेड हरु बाट बुज्ने गरि जवाफ पाउन पाए आभारी हुने थिए । कृपया झर्को नमानी पढिदिनुहोला र मन परेमा शेयर गरिदिनुहोला । धन्यवाद ।

तपाईको प्रतिक्रिया