रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

फोक्सोमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

उनको प्रारम्भिक पिसिआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ । उनी अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताए । रासस

तपाईको प्रतिक्रिया