महेश पाण्डे
३२ श्रावण, चितवन । पूर्वी चितवनमा आज राति १२ बजेबाट लागुहुने गरि १ हप्ता लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा सिफारिस गरिएको छ ।
साे सिफारिस पश्चात् आज राति १२ बजेबाट पूर्वी चितवनमा लागुहुने गरि १ हप्ता लकडाउन हुने भने लगभग निश्चित भएकाे हाे ।

पूर्वी चितवनमा रहेका ४ वटा नगरपालिकाहरू क्रमशः रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बन, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, खैरहनी नगरपालिका नगर प्रमुख लालमणी चाैधरी, राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बराल, रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडी तथा प्रशासकीय अधिकृतहरुकाे रत्ननगरमा भएकाे छलफल पछि आज रााति १२ बजे बाट लागुहुने गरि १ हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । निर्णय पश्चात् साेकाे सिफारिस जिल्ला प्रशासनमा गरेर गर्नु पर्ने भएकाले १ हप्ताका लागि लकडाउन गर्ने सिफारिस निर्णय गरिएकाे भएतापनि लकडाउन आज रातीबाटनै लागू गरिने रत्ननगरका नगर प्रमुख नारायण वनले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले लकडाउनसंगै रत्ननगर बकुलहर अस्पताललाई आइसाेलेसन वार्ड बनाउने र पूर्वी क्षेत्रमा पिसिआर परिक्षण गर्न छुट्टै ल्याब स्थापना गर्न प्रदेश सरकारलाई अनुराेध गर्ने निर्णय गरिएकाे बताए ।
पूर्वी क्षेत्रमा क्रमिक रुपमा काेराेना पाेजेटिभकाे संख्या ह्वात्तै बढेपछि केही वडाहरु सिल गरिएकाे भएतापनि स्थिति अझ भयावह हुन नदिन लकडाउननै गर्न लागिएकाे खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चाैधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया