चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरुमा कोरोना संक्रमण देखिएको भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालको आकस्मिक कक्ष र मेडिकल अंकोलोजीमा कार्यरत नर्सहरुमा कोरोना पुष्टि भएको हो । अधिकांश नर्सहरु भरतपुर महानगरकै हुन् ।
यसअघि क्यान्सर अस्पतालकै पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पाँच नर्सलाई कोरोना पुष्टि भएपछि लक्षण नदेखिएका नर्सहरुलाई आफ्नै घरमा सुरक्षित रुपमा आइसोलेसनमा बस्न भनिएको छ भने लक्षण देखिएकालाई कोभिड अस्पताल लगिएको छ ।