१ भाद्र, चितवन । निषेधाज्ञामा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग गर्न चितवन प्रशासनले राेक लगाएकाे छ । जिल्ला प्रशासन कार्यलय चितवनले आज एक सुचना जारी गरि सबैमा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग नगर्न आग्रह गर्दै राेक लगाएकाे हाे ।

जिल्ला प्रशासन कार्यालयका चितवनका प्रशासकीय अधिकृत इश्वर शिंखडाद्वारा जारी साे सुचनामा अत्यावश्यक खाद्यान्न किनमेलका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म समय छुट्टयाइएकोमा साे समयमा कुनैपनि सवारीसाधन प्रयाेग नगरी पैदलनै किनमेलका लागि जान सबैमा आग्रह गरिएको छ । यदि कसैले याे नियमकाे पालना नगरेमा वा अटेर गरेमा प्रचलित ऐन नियम बमोजिम कार्वाही हुने उक्त सुचनामा उल्लेख गरिएकाे छ ।
हाल चितवनमा माडी बाहेकका पाँच स्थानीय तहमा भाद्र ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया