चितवन । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पताललाई आइसोलेसन अस्पताल बनाइने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना सङ्क्रमित बढेपछि आइसोलेसनमा रुपान्तरण गर्न लागिएको हो ।

पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल ३० शैय्याको आइसोलेसन कक्ष बनाउने उनले जानकारी दिए ।

अस्पतालका चिकित्सकलाई सङ्क्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द रहेकाले पनि आइसोलेसन अस्पतालका रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताए ।

तपाईको प्रतिक्रिया