
४ भाद्र, चितवन । रत्ननगर -१३ का काेराेना संक्रमितकाे मृत्युु भएकाे छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती पुरुषको भरतपुर कोभिड आईसीयूमा उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार उनको विगत ६ दिनदेखि कोभिड–१९ आईसीयूमा उपचार भइरहेको थियो र उनमा दीर्घरोग तथा बेड सोर्स भएको र फोक्सोको टिबी, सेप्सीस, एकेआई तथा कोभिड १९ संक्रमणको कारण आज मृत्यु भएको हो ।
यो सँगै कोभिड–१९ संक्रमणका कारण चितवनमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । त्यसमध्ये उपचारको क्रममा ३ जनाको मृत्यु भएको थियाे भने बाँकी एकजनाको मृत्युपछि कोभिड–१९ संक्रमण पुष्टि भएको थियाे ।