चितवन । चितवनमा शुक्रबार २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् ।

नयाँ संक्रमण पुष्टि हुनेमा भरतपुर महानगर–२, ७, १० र ११ का ३९, ३२, ५२, ९, ५२, ३५, ६७, ६४ वर्षका आठ पुरुष र ३९, ३२, ५२, ३२, ६,४०, २०, २८, २५, २७ र १७ वर्षीया ११ महिला रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, राप्ती नगरपालिकाको वडा नं २ र ८ का गरी १२, २३ र ४४ वर्षीय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनमा रहेका थिए ।

यसैगरी, नवलपुर, पर्वत, पर्सा र मकवानपुरमा पनि एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा अधिकारीले बताइन् ।

नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । कोरोना संक्रमण बढेसँगै नवलपुरमा पनि बिहीबारदेखि निषेधाज्ञा लागू गरिएको छ ।

तपाईको प्रतिक्रिया