५ भाद्र, चितवन । चितवनमा एक साता निषेधाज्ञा थप भएकाे छ । चितवन जिल्लाभर भदौ १२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप भएको हाे । यस अघि जारी गरिएकाे एक साताकाे लक डाउन आज राति १२ बजेबाट सकिदै थियाे ।

चितवनमा देखिएकाे काेराेनाकाे बढ्दाे केसलाई देखेर चितवनको सबै सातवटै पालिकामा निषेधाज्ञा थप गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया