चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको पहिलो चरणको निषेधाज्ञा उल्लंघन गर्ने २५ सय ६३ जनालाई प्रहरीले कारबाही गरेको छ ।
जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेपछि प्रशासनले साउन ३१ गतेदेखि भदौ ५ गते मध्यरातसम्म पहिलो चरणको निषेधाज्ञा जारी गरेको थियो ।
यस अवधिमा ४७८ महिला र दुई हजार ८५ पुरूष गरी जम्मा २५ सय ६३ जनाले निषेधाज्ञा उल्लंघन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुबाट पाँच लाख १७ हजार १०० रूपैयाँ जरिवाना असुल गरिएको उनले बताए ।
दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते मध्यरातसम्मको लागि जारी गरिएको छ ।