चितवन । चितवन जिल्लामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ । शनिबार भरतपुर अस्पतालको कोभिड १९ ल्याबको परीक्षणमा थप २० र चितवन मेडिकल कलेजको ल्याबको परीक्षणमा चार जना संक्रमित थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३३७ पुगेको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शनिबार पुरोना मेडिकल कलेजमा बिहीबार र शनिबार मकवानपुरका एक महिला र एक पुरुषको मृत्यु भएकोमा उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । हालसम्म चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

जसमा चितवनका ३ जना र मकवानपुरका दुई जना छन् ।

तपाईको प्रतिक्रिया