अजित अधिकारी चितवन । माडी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेका प्रमुख शसस्त्र प्रहरी निरीक्षक थकाली थारुको सरुवा भएको छ । उनलाई माडी नगरपालिकाले आइतबार एक संक्षिप्त कार्यक्रमका बिच संमान तथा बिदाई गरेको हो । यसैगरी उनलाई माडी ५ वडा कार्यालयले मायाको चिनो प्रदान गरेको छ । माडी क्षेत्रमा रहेर अनबरत रुपमा सुशासन र सुरक्षा संगै कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा उनले खेलेको भुमिकाको सबैले उच्च मुल्यांकनका साथ प्रशंसा गरेका थिए ।
शसस्त्र प्रहरी नीरिक्षक थारुको कपिलबस्तु जिल्लाको तौलिहवास्थित २८ नं. गणमा सरुवा भएको हो ।
शसस्त्र प्रहरी नीरिक्षक थारुको कार्यकालमै बि.ओ.पी.को नयाँ भवन र मेस भवन निर्माणको काम भएको थियो । सो भवन निर्माण कार्यमा उनले आफ्नो पारिश्रमिक रकम समेत खर्च गरेका थिए । अब उनको ठाउँमा पोखरास्थित ४ नं. मुक्तिनाथ बाहिनीमा कार्यरत बेलबहादुर बि.क सरुवा भई आउनेछन ।

तपाईको प्रतिक्रिया