चितवन । चितवनमा आइतबार राति र सोमबार बिहान गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएका २०९ नमुनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसमा भरतपुरका ५ जना पुरुष र ७ महिला रहेका छन् । संक्रमितहरु भरतपुर महानगरको क्वारेन्टाइन र पुरानो मेडिकल कलेजका हुन् ।

यस्तै, चितवन मेडिकल कलेजमा कोभिड १९ प्रयोगशालामा परीक्षण गरिएका १२० नमुनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै चितवनमा कुल संक्रमितको संख्या ३६८ पुगेको छ । जसमा २५ जना भरतपुर महानगरका हुन् भने एक जना खैरहनी नगरपालिकाका रहेका छन् ।

संक्रमित हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरका २२४ जना रहेका छन् । यस्तै, कालिका नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १४, राप्ती नगरपालिकामा ७० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित छन् । कुल संक्रमितहरुमध्ये २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

चितवनमा भरतपुर महानगर–११ का एक पुरुष, खैरहनी–३ की १०८ वर्षीया महिला र रत्ननगर–१३ का ६५ वर्षीय पुरुष गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया