परासी । पश्चिम नवलपरासीमा मदिरा सेवन गरेर कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति मदिरा सेवन गरेर झैझगडा हुँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, पतलहवा टोल बस्ने ४१ वर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।
झगडाका क्रममा शनिबार राति यादवमाथि दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनको शव घरको आँगनछेउमा थियो । घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको लामाले बताए । झगडाको कारण अनुसन्धानपछिमात्रै खुल्ने प्रहरीले जनाएको छ ।
स्थानीय डल्लु दुसाध र प्रतापपुर गाउँपालिका वडा नं–८, फटकी टोल निवासी रोशन मल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।