रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा सङ्क्रमितको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको थापाले बताए ।

उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनामा अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ । रासस

तपाईको प्रतिक्रिया