काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घन्टामा तीन महिला र पाँच जना पुरुषको सङ्क्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।

उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौँका ४८ वर्षका एक महिला, रुपन्देहीका ६७ वर्षका एक महिला र रुपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन् ।

हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ। जसमा ११७ पुरुष र ४० महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया