चितवन । चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा संक्रमितको संख्या ३८५ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना रहेका छन् । जसमध्ये २ जना पुरुष र ७ महिला रहेका छन् । उनीहरुमध्ये एक जना श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुष छन् । यस्तै, अन्य ६ जनाको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु राप्ती नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए ।

तपाईको प्रतिक्रिया