११ भदाै, चितवन । एकैदिन रत्ननगरका १८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । भरतपुर अस्पतालमा बुधबार गरिएको काेराेना परिक्षणमा १४ जना र चितवन मेडिकल कलेजमा गरिएकाे परिक्षणमा ४ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

भरतपुर अस्पतालमा गरिएकाे परिक्षणमा रत्ननगर वडा नं. ४, ९, १२ का १२ पुरुष २ महिलामा काेराेना पाेजेटिभ देखिएकाे हाे भने चितवन मेडिकल कलेज भरतपुरमा गरिएकाे परिक्षणमा रत्ननगर वडा नं. ६ कि ३२ वर्षिय १ महिला, रत्ननगर वडा नं. १० का ३० र ५१ वर्षका २ पुरुष र रत्ननगर वडा नं. १५ का २१ वर्षीया १ पुरुषमा काेराेना पाेजेटिभ आएकाे छ ।

चितवनमा बुधवार गरिएकाे परिक्षणमा भरतपुरका २४ जना, माडीका ९ जना र तनहु देवघाटका १ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

तपाईको प्रतिक्रिया