चितवन । चितवनमा बुधबार राति थप २५ जनामा कोरोना पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोागशालामा गरिएका १५९ वटा नमुनामध्ये देवघाटका एक र चितवनका २५ गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

रत्ननगर नगरपालिका वडा नं ४ स्थित शिवशक्ति उद्योगमा काम गर्ने १० सहित रत्ननगरको क्वारेन्टाइनमा रहेका दुई महिलासहित १४ जनामा संक्रमण देखिएको हो । यस्तै, रत्ननगर ९ र १२ मा चार जनामा संक्रमण पुष्टि भएको छ । माडी नगरपालिकाका ९ र भरतपुर ७ र २२ का एक एक जना महिला र पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

संक्रमित हुनेहरुमा पाँच महिने शिशुदेखि ६६ वर्ष उमेरसम्मका व्यक्तिहरू रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया