
१२ भाद्र, चितवन । खैरहनीकाे लिटिल हेभन स्कुलबाट जुवा खेलेकाे अवस्थामा प्र.अ. सहित ११ जना पक्राउ परेका छन् । बिहीबार दिउँसो १ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका छन भन्ने सुचनाको आधारमा ईप्रका खैरहनीको टोलिले विद्यालयको कक्षाकोठामा जुवातास खेलिरहेको अवस्थामा विद्यालयका प्र.अ. सहित ११ जना पुरुष व्यक्तिहरुलाई पक्राउ गरेपछि याे कुरा खुल्न आएकाे हाे ।
समातिएका ब्यक्तिहरुकाे साथबाट ४५,६४० रुपैयाँ र ताससहित पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुकाे नामावली यस प्रकार रहेकाे छ ।
१) खैरहनी न.पा.-२ का वर्ष ३९ का राजकुमार गुरुङ- १,५००।–
२) खैरहनी न.पा.-२ का वर्ष ६५ का ऋषिजन के.सी.- १३,८७५।–
३) खैरहनी न.पा.-२ का वर्ष ३६ का उमेश के.सी.- ४,६६५।–
४) खैरहनी न.पा.-२ का वर्ष ४५ का गुणराज क.सी.- १२,८७०।–
५) खैरहनी न.पा.-२ का वर्ष ४३ का तिलक श्रेष्ठ- ४,२८५।–
६) खैरहनी न.पा.-३ का वर्ष ४२ का राजु थापा- ४,११०।–
७) खैरहनी न.पा.-२ का वर्ष ५० का विष्णु सिलवाल- १५०।– (प्र.अ.)
८) खैरहनी न.पा.-२ का वर्ष ४२ का राम थापा- ३,५३०।–
९) खैरहनी न.पा.-२ का वर्ष ३८ का शिव-६५५।–
१०) खैरहनी न.पा.-२ का वर्ष ३८ का बलराम सिलवाल
११) खैरहनी न.पा.-२ का वर्ष ६१ का बेनी के.सी.
जम्मा बरामद रकम-४५,६४०।– (पैतालिस हजार छ सय चालिस)