चितवन । चितवनमा शुक्रबार एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत हेटौँडा १९ की ७१ वर्षीया एक महिला र पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी हेटौँडाकी महिलामा ९ गते संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचारका क्रममा शुक्रबार बिहान ६ः५० बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

यस्तै पुष्पाञ्जलीमा भर्ना भएका मृतक मा भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखी उपचाररत उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक व्यक्ति लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया