चितवन । चितवन मेडिकल कलेज (सीएमसी)को कोभिड १९ प्रयोगशालामा बिहीबार परीक्षण गरिएका १७० नमुनामध्ये १९ नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा भरतपुर महानगर वडा नं ५, ७, १०, १६ र २६ का पाँच महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा बिहीबार राति भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना रहेका छन् । जसमध्ये नारायणी सामुदायिक हस्पिटलका २ जना पुरुष र भरतपुर अस्स्पतालका १ महिला रहेका छन् ।
यस्तै, रत्ननगर नगरपालिकाको क्वारेन्टाइनमा रहेका रत्ननगर ८ का एक महिला रहेका छन् । यस्तै, खैरहनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३, ५, ८, ९ र १२ का ५ पुरुष र ७ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
चितवनमा बिहीबार कुल ३३४ नमुनाको परीक्षण गरिएकोमा १७ नमुनाको नतिजा नेगेटिभ आएको हो । जसमा चितवनका १६ र नवलपुरको गैँडाकोट ८ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।
यससँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या ४९७ पुगेको छ ।