काठमाडौँ । नेपालमा शुक्रबार कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ जना पुरुष र चार जना महिला रहेका छन् । यससँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । नेपालमा एकै दिन मृत्यु हुने हालसम्मकै बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौँडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिला र गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षका पुरुषको चितवनमा मृत्यु भएको हो ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा मोरङकी ५६ र ६५ वर्षीया दुई महिला, भक्तपुरकी ६४ वर्षीया महिला, रुपन्देहीका ६० वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया