
चितवन । चितवनमा शनिबार चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार बारा निजगढ वडा नं ७ बस्ने वर्ष ४७ की एक महिलाको उपचारको क्रममा कोभिड अस्पतालको आइसियू कक्षमा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । उनी मिर्गौलासम्बन्धी रोगले पीडित थिइन् ।
उनी मिर्गौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएको डाक्टर लम्सालले बताए । उनको कोरोना परीक्षणको लागि भदौ ७ गते पठाइएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो ।