भरतपुर । चितवनमा सोमबार बिहान थप १७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी) को परीक्षण प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये भरतपुरका १५ र रत्ननगरका दुई जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेहरुमा भरतपुर २ का एक पुरुष, ३ का दुई महिला, ६ का एक महिला, ९ का एक महिला, १० का तीन पुरुष र तीन महिला, १२ का एक पुरुष, १४ का एक महिला, १८ का एक पुरुष र २९ का एक वर्षीया रहेका छन् ।

यस्तै, रत्ननगर ८ र १४ का एक एक महिला रहेको सिएमसीका माइक्रोबायोलोजिस्ट नवीनकुमार चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया