१६ भाद्र, चितवन । रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले आत्महत्या गरेका छन् । रत्ननगर-२, टाँडी चाेकमा बन्दै गरेकाे आकाशे पुलमा नरिवलको डोरीले घाटीमा पासो लगाएर अन्दाजी २५/२६ बर्षीय एक युवाले आत्महत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रबिन कार्कीले नेपालीको आवाज डटकमलाई दिएकाे जानकारी अनुसार घटनाकाे बारेमा विहान ४ बजे जानकारी पाए पनि घट्ना २ बजे तिर घटेकाे हुनसक्ने र पोष्ट मार्टमकाे रिपोर्ट आए पश्चात सबै खुल्ने बताए । उनले मृतककाे माडिमा घर भएको र रत्ननगर ४ भोकाहा बस्दै आएको भन्ने प्रारम्भिक रुपमा खुल्न आएपनि सबै बिवरण प्राप्त भइनसकेकोले अनुसन्धान पछि सबै कुरा खुल्ने बताए ।

ती युवाले किन आत्महत्या गरेका हुन् हाल सम्म खुलेको छैन भने नरिवलको डोरी घाटिमा देखिएको तर घुडाले भुईमा टेकेको अवस्थामा सब रहेकाले आत्महत्या नभई हत्या पनि हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

तपाईको प्रतिक्रिया