चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार बिहान करिब ३ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आइसियू) मा राखेर उपचार गरिएको थियो ।