अजित अधिकारी । चितवनकाे माडी नगरपालिका ८ स्थित कान्तिपुरमा बिगत लामो समय देखि खानेपानी र नेटवर्क समस्याका कारण कान्तिपुरका स्थानीय बासीहरु चिन्तित भएका छन । बिगतमा बनाइएका खानेपानीका धाराहरुमा पानीको आपूर्ति र मर्मत संभारको अभावमा कान्तिपुरमा रहेका सरकारी खानेपानीका धाराहरु समेत जिर्ण हुँदै गएका छन् । तर पनि यस विषयमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयबासीहरु बताउँछन् । सो ठाउँका स्थानीय बासिन्दाहरु निकै लामो समय देखि खानेपानी, बिधुत, नेटवर्क, टेलिफोन लगाएतका पुर्बाधारहरुबाट बन्चित रहदा पनि माडी नगरपालिकाले यस विषयकमा चासो देखाएको देखिदैन । बिजुली ल्याउने भनेर बिजुलीका पोलहरु गाडिएता पनि तर अहिलेसम्म बिजुली बत्ती बल्न सकिरहेको छैन । कान्तिपुरबासीहरुको समस्या प्रती बिधुत प्राधिकरणले पनि कुनै चासो नदिएको स्थानीय बासीहरुले बताए । हामीसंग मोबाइल फोन छ, तर मोबाइलमा टावर छैन । आफन्त संग फोनमा कुराकानी त कहाँ हो कहाँ, बिरामी पर्दा एम्बुलेन्स बोलाउन समेत समस्या भएको एक स्थानीयले नेपाली आवाज संग गुनासो गरे ।