चितवन । चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका ८ महिलासहित १९ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ५ जना र माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यसअघि चितवन मेडिकल कलेजमा परीक्षण भएका नमुनामध्ये बुधबार चितवनमा १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया