चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगर–११ निवासी ४० वर्षीया महिलाको बुधबार राति १२ः२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

झाडापखाला, खोकी र सोडियमको मात्रा कम भई भदौ ५ गते चितवन मेडिकल कलेजमा ल्याइएकोमा भदौ १० गते उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । चितवनमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया