१८ भाद्र, चितवन । कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ४ देबौली स्थित मैदा मिलमा आईसोलेसनमा रहेका ५१ जना कोरोना संक्रमित बिरामीहरुलाई आज जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र चितवनका कविराज निरिक्षक डा. देवेन्द्रकुमार यादवले संक्रमण मुक्त हुन अपनाउनुपर्ने उपायहरु, योग एवं आयुर्बेदिक औषधीहरु तथा साबधानीहरुबारे बताएका थिए ।

कार्यक्रममा डा. यादव र रत्ननगर वडा नं ४ का वडा अध्यक्ष रबिन्द्र कुमार चौधरीले गूडुचीचुर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका आयुर्बेदिक औषधीहरु बिरामीलाई १४ दिन सम्म पुग्ने गरि हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया