चितवन । कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने हब अस्पताल भरतपुर अस्पतालमा सङ्क्रमित राख्नका लागि सय श्ययाको आइसोलेसन बनाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले आइसोलेसनमा सय शैय्या थप गरेको बताए ।

अहिले अस्पतालमा १० शैय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शैय्याको आइसोलेसन सञ्चालनमा रहेको छ । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैय्या थप गरिएको उनले जानकारी दिए ।

उनले भने, “भेन्टिलेटरसहित थप गरेर कोभिड सघन उपचार कक्ष १६ शैयया्को बनाइने छ ।” पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शैय्या नपाउने समस्या बढेपछि अस्पतालमा शैय्या थप गरी १७५ पु¥याइएको हो ।

तपाईको प्रतिक्रिया