चितवन । चितवनमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ र चितवन बाहिरका ३१ जना छन् । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, राप्ती नगरपालिकाका नौ, रत्ननगर नगरपालिकाका तीन जना, कालिका नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया