अजित अधिकारी
चितवन । माडीमा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो गर्न लागिएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकमा भदाै २० गते शनिबार बिहानदेखि लागू हुने गरी माडीभित्र निषेधाज्ञा खुकुलो गरिने सहमति भएको माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए ।

साथै, उनका अनुसार सुरक्षाका मापदण्ड अपनाई बिहान ७ बजेबाट साँझ ५ बजेसम्म माडीभित्रका बजार/पसल खुला रहनेछन् । नगरस्तरीय काेराेना राेकथाम तथा नियन्त्रण समन्वय समितिले नगर क्षेत्रभित्र ठूला सार्वजनिक सवारीसाधन नचलाए पनि तीनपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनलाई निश्चित मापदण्ड बनाएर चलाउने निर्णय निर्णय गरेको उनले बताए । तर, माडी प्रवेशमा भने कडाइका राथ राेक लगाउने निर्णय भएकाे उनकाे भनाइ छ।

साथै समितिले बजार तथा पसल संचालन गर्दा मास्क र सामाजिक दुरी कायम गर्न समेत सबैमा आग्रह गरेको छ । यसैगरी यात्रा गर्दा सवारी चालक र यात्रुहरूलाई मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ । यसैगरी समितिको निर्णय बिपरित कार्य गरिएको पाइएमा संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने छ ।

तपाईको प्रतिक्रिया