अजित अधिकारी, चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुर लगाएतका क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण टेलिफोन सेवा बाट बन्चित रहदै आएको खबर सर्बत्र छाएपछि नेटवर्कको समस्या रहेका त्यस क्षेत्रका नागरीकहरु नेटवर्क एबम टेलिफोन सेवा बाट अबदेखि बन्चित रहनु नपर्ने भएको छ । सो क्षेत्रलाई लक्षित गरि नेपाल टेलिकमको नयाँ मोबाइल टावर इन्द्रबस्ती भन्ने ठाउँमा स्थापना हुने भएको छ ।
बिगत लामो समयदेखि नेटवर्क मोबाइल फोन लगाएतका सेवा सुबिधाबाट समेत बन्चित रहँदै आएका सो क्षेत्रका नागरिकहरु नेपाल टेलिकमले नयाँ मोबाइल टावर निर्माण गर्ने भएपछि खुशी देखिएका छन । मोबाइल नेटवर्क राम्रो नहुँदा सो क्षेत्रका हजारौं मोबाइल उपभोक्ताहरुले राम्रो संचार सेवा र ईन्टरनेट चलाउन नपाइरहेको सार्वजनिक गुनासो र समाचार सर्बत्र छाएपछि नेपाल टेलिकमले नयाँ मोबाइल टावर निर्माण गर्न लागेको हो ।

यसैगरी टावर निर्माण गर्नको लागि माडी ८ स्थित रहेको
चौकीडाँडा गाउँमा दिनेश कुमार पन्तको जमीन मञ्जुरीनामा सहित उपलब्ध गराइएको माडी ८ का वडा अध्यक्ष कृष्णराज अधिकारीले नेपालीको आवाजलाई जानाकारी दिए । साथै उनका अनुसार, लकडाउन सकिएलगत्तै नेपाल टेलिकमले टावर खडा गर्न सुरु गर्ने र निर्माण सकिए पश्चात् हाल नेटवर्कको समस्या रहेका अधिकांश स्थानहरुमा नेटवर्क नआउने समस्या हट्ने टेलिकम कार्यालय भरतपुरका प्रमुख दिपक कुमार शाहको भनाई रहेको बताए । यस विषयमा केही दिन अगाडि नेपाली आवाज डटकममा समेत माडीको कान्तिपुर लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या विषयकमा समाचार प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया