
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले थप १२ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । साउन ३२ गतेदेखि सुरु भएको निषेधाज्ञा तेस्रो चरणमा थप गरी शुक्रबार राति १२ बजेसम्म लागू गरिएको थियो ।
चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । चौंथो पटक थप गरिएको निषेधाज्ञा भने केही खुकुलो पारिएको छ ।
प्रशासनका अनुसार अबको निषेधाज्ञामा दिउँसो १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, भाँडाकुडा, कपडा तथा फेन्सी पसल भने सञ्चालन गर्न पाइने छ । अन्य अत्यावश्यक सेवा पनि यस समयमा खुला हुनेछन् ।