काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा एरियाहरु मध्ये एक एरिया एक क्लब गरेर ५ वटा क्लबहरुको संयुक्त आयोजनामा Guidance On Home Isolation & Quarantine Preparation In Relation to covid-19 नामक कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे । लियाे क्लब अफ नेपालगन्ज इन्नाेभेटिभ, लियाे क्लब अफ काठमाण्डु फुलबारी, लियाे क्लब अफ मैमुकुण्ड युथ, लियाे क्लब अफ हेटाैडा मुक्तिनाथ मल्टिभिजन, लियाे क्लब अफ चितवन ग्रिनको समन्वयमा जुम एप्समा आयोजित कार्यक्रममा बरिस्ठ जनरल फिजिसियन डा. शसाकं कुमार सींले सहजिकरण गरेका थिए ।

कार्यक्रममा लियो जिल्ला परिषद 325 B 2 का अध्यक्ष लियो कुबेर पाठककाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने जिल्ला उपाध्यक्ष अनिश लामिछाने, लियो बि १ का जिल्ला उपाध्यक्ष प्रकाश थापा र लाइन्स जोन २७ का प्रमुख बिकेशलाल श्रेष्ठको बिशिष्ट आतिथ्यता तथा जिल्ला परिषद्का सचिव सुशील महतो, कोषाध्यक्ष राजन श्रेष्ठ लगाएत सम्पुर्ण जिल्ला पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

लगभग ९० जना सहभागी रहेकाे उक्त कार्यक्रममा लियाे क्लब अफ नेपालगन्ज इन्नाेभेटिभका अध्यक्ष प्रकाश कुवरको स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा लियाे क्लब अफ काठमाण्डु फुलबारीका अध्यक्ष पुजा बिष्ट तथा लियाे क्लब अफ मैमुकुण्ड युथका अध्यक्ष केशव पराजुलीले सहभागी सबैमा धन्यवाद मन्तव्य राखेका थिए भने साे कार्यक्रम लियाे क्लब अफ हेटाैडा मुक्तिनाथ मल्टिभिजनका अध्यक्ष शिखा भट्टराईले सञ्चालन गरेकी थिइन । कार्यक्रममा अहिलेको समयमा कोरोनाको त्रास, घरमा गर्न सकिने व्यवस्थापन, गर्नुपर्ने उपयोगी तरिकाहरु र गर्न नहुने कुराहरुका बारेमा प्रमुख वक्ता डा. सींले सबैलाई जानकारी गराएका थिए । कार्यक्रम लियाे क्लब अफ चितवन ग्रिनका अध्यक्ष बिकास मिश्राकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया