चितवन । चितवनमा शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् ।

चितवन मेडिकल कलेज [सिएमसी] कोभिड-१९ ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो । जसमा चितवनका २८ र अन्य जिल्लाका ८ जना रहेका छन् ।

यस्तै, राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुर र रुपन्देहीका २/२, काठमाडौँ, पर्सा, गुल्मी र नवलपरासी पूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया