२१ भाद्र, चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण गरेकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख काेपिला अधिकारीका अनुसार साे आइसाेलेसन सेन्टरमा रहेकालाई गूडुचीचुर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका आयुर्बेदिक औषधीहरु बितरण गरिएकाे हाे ।

रत्ननगर नगरपालिकाकाे स्वास्थ्य शाखाकाे समन्वयमा भएकाे बितरण कार्यक्रममा औषधीसंगै आइसोलेसन सेन्टरमा रहेका ८ महिला, १५ पुरुष र ५ जना बालबालिकालाई योग, प्राणायाम प्रशिक्षण पनि गराइएकाे अधिकारीले जानकारी दिइन ।

उनले आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गत आइसोलेसन सेन्टर नभएकाले रोग प्रतिरोधक क्षमता बृद्धि गर्नका लागि आयुर्वेद औषधी एवं मनोसामाजिक परामर्श योग प्राणायामको लागि आफुसंग उपलब्ध स्रोत साधनको प्रयोग गरि कोरोना संक्रमितको मनोवल उच्च राख्न केन्द्रले भने सक्दाे प्रयास गरिरहने बताइन ।

तपाईको प्रतिक्रिया