चितवन । निर्धन उत्थान लघुवित्त सहकारी संस्थाका संस्थापक डा हरिहरदेव पन्तको पाँचौँ स्मृति दिवसको अवसरमा हरिहरदेव पन्त फाउन्डेसन, काठमाडौँको आयोजनामा आइतबार नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्धन उत्थानकी समूह (प्रसौनी महिला समूह) अध्यक्ष बुद्धमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

निर्धन उत्थान लघुवित्त सहकारी संस्थाका शाखा प्रमुख ज्योतिराज रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै विसं २०५४ सालदेखि रत्ननगरमा शाखा स्थापना गरी लघुवित्तमार्फत् उद्यमीलाई सेवा, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक गतिविधि तथा मानवीय कार्य गर्दै आएको बताए ।

कार्यक्रममा संस्थाकी उद्यमी गगनमाया गुरुङलाई ३० हजार रुपैयाँ नगदसहित ‘डा हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ बाट सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी त्रिलोचल रिजाल, परमेश्वर चौधरी, सीता भेटवाल, केशव शर्मालगायत संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया