चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको १७७ वटा नमुनाको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै चितवनमा संक्रमितको संख्या १००५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा ८१३ जना सक्रिय संक्रमित रहेका छन् भने १८० जना डिस्चार्ज भईघर फर्किएका छन् ।

चितवनमा संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिला गरी ११ जना रहेका छन् ।

यस्तै, रत्ननगर नगरपालिकाका ६ जना र खैरहनी नगरपालिकाका २ जना नर्समा कोरोना पुष्टि भएको छ । यस्तै, मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया