अजित अधिकारी चितवन ।
माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शान्ती चोकमा आज बसेको बैठकले रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी वडा नम्बर ७ भित्र निर्माण हुनुपर्ने प्रस्ताव सहित कार्यसमिति गठन गरिएको छ । साे क्षेत्रमा रामको जन्म भएको र थुप्रै पौराणिक आदरहरु रहेको नेपालका धार्मिक अभियान्ता कृष्णानन्द बत्सले बताए ।

उनका अनुसार, निम्न प्रमाण एबम आधारहरु यस्ता रहेका छन ।
१. बिस २०३५ सालमा देबेन्द्रपुर कृषि रोडको बाटो हुँदै माथी थुम्कामा शिबको मुर्ती फेला परेको २. देबेन्द्रपुर र जिबनपुरको सिमा छुट्टाउने पुर्बतिर रहेको परुई खोलाको नाम शास्त्रमा सरुई रहन गएको ।
३. भानुभक्त रामायण शुन्दर काण्ड श्वलोक नम्बर ५३ अनुसार भुगोल मिल्ने ।
४. चार वटा पाहाडले रामको राजधानी अर्थात दरबार घेरिएको घडेनी डाँडो देखि पश्चिमको क्षेत्र ।
५. रामको अयोध्या नजिकै शास्त्रमा बयान गरिएको कुण्ड तथा तलाउहरु मिल्ने ।

६. विभिन्न समयमा विभिन्न प्रकारका पुरातात्त्विक बस्तुहरु भेटिनु ।
७. शास्त्रमा सरुई नदि उत्तर दिशा तिर बहन्छ भनेर भनिएको कुरा मेल खानु ।
यी लगाएतका थुप्रै आधारहरु रहेको उनले बताए । यिनै शास्त्रीय प्रमाणका आधारमा भगवानको तपोभुमीको रुपमा सो क्षेत्रलाई लिन सकिने उनको तर्क छ । यसैगरी अयोध्याधाम निर्माणको लागि देबेन्द्रपुरले कार्यसमितिको अध्यक्षमा धर्मराज खनाल, सचिवमा कृष्णनन्द वत्स र कोषाध्यक्षमा ज्ञानु सापकोटा चयन गरेको छ । यसै गरि समितिका सदस्यहरुमा काशिदत्त पोखरेल, महेन्द्र तिमिल्सिना, डिल्लीराम च्वाईं, विनोद सुवेदी, शोभाखर सुवेदी, कृष्ण पौडेल, रिता पौडेल र मीना काफ्ले रहेका छन । यस विषयकमा अब तत्काल माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई रामको जन्मस्थानका रुपमा वडा नम्बर ७ मा रहेका आधारहरु उल्लेख गरी ज्ञापनपत्र बुझाइने समितिका नबनियुक्त अध्यक्ष खनालले नेपाली आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया