अजित अधिकारीी, चितवन ।
माडी नगरपालिका ९ स्थित बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समय देखि नेटवर्क समस्याका कारण मोबाइल फोन तथा संचार सेवा बाट स्थानीय बासीहरु बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगही, प्याउली, जेठी बगही, गणेशकुन्जा, खरिकुना, सागबारी लगाएका क्षेत्रमा बसोबास गर्ने झन्डै ५०० घरधुरी मोबाइल फोन तथा संचार सेवामा पछाडि परेको माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एबम प्रबक्ता शिबहरी सुबेदीले नेपाली आवाज डटकमसंग जानाकारी दिए । घरमा मोबाइल भएर पनि फोन गर्न समस्या भएका कारण खेत तथा अग्लो ठाउँमा गएर फोन गर्नुपर्ने समस्या रहेको स्थानीय कुलदिप घिमिरेले बताए ।

उनका अनुसार, गाउँमा कोही बिरामी भएमा नेटवर्कको समस्याका कारण एम्बुलेन्स सेवा बाट समेत बन्चित रहनुपरेको दुखेसो गरे । उनले भने, हामीले बारम्बार यस विषयमा सम्बन्धित निकायमा कुरा राख्यौ तर पनि हाम्रो समस्याको सुनुवाइ भएन । नेटवर्कको समस्या कान्तिपुरमा रहेका विभिन्न क्षेत्रहरुमा मात्र होइन, बगही लगाएतका विभिन्न क्षेत्रहरुमा पनि यस्तै नेटवर्कको समस्या छ । कुनै एक क्षेत्रलाई मात्र नभई नेटवर्क प्रभावित क्षेत्रहरुको सम्भाब्यतालाई बुझेर काम गर्न समेत सबैमा स्थानीय घिमिरेले आग्रह गरे । केही दिन अगाडि माडीको कान्तिपुर लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या विषयकमा नेपाली आवाज डटकममा प्रकाशित समाचार पश्चात् त्यस क्षेत्रमा लकडाउन पछि नेपाल टेलिकमको नयाँ टावर निर्माण हुने भएको छ ।

तपाईको प्रतिक्रिया