अजित अधिकारी, चितवन । माडीमा अयोध्याधामका विषयमा निरन्तर छलफल प्रक्रिया जारी रहेको छ । यसै सन्दर्भमा आधारित रहेर माडी नगरपालिका वडा नम्बर ७ स्थित जगन्नाथपुर निम्न माध्यमिक विद्यालय प्राङ्गण परिसरमा बिहिवार छलफल कार्यक्रम सम्पन्न भएको छ । केही दिन अगाडि मात्र समिती गठन गरेर माडी ७ देबेन्द्रपुरले साबित १,२,३ वडा मा अयोध्याको सम्भाब्यता खोजी गर्नुपर्ने र यस क्षेत्र अयोध्या निर्माणको लागि उपयुक्त आधार रहेको जनाएको थियाे ।

यस अगाडि माडी नगरपालिकाले अयोध्याधाम निर्माणको लागि गणेशकुञ्जा कृष्ण नगर पार्क र दक्षिण अयोध्यापुरीलाई सिफारिस गरेपछि माडी ७ लाई पनि महत्वका साथ लिनुपर्ने र अयोध्याधाम निर्माण को नक्साङ्कन तयार गर्दा माडी ७ मा रहेका धार्मिक महत्वका क्षेत्रहरु छुटेको हुनाले तत्काल सच्याउन र उपयुक्त क्षेत्रको रुपमा साे क्षेत्रलाई लिएर अयोध्याधाम निर्माणको लागि भएका सम्भाब्यताको खोजी गर्ने गरि अन्वेषण गर्नुपर्ने माग अगाडि बढाइएको नेपालका धार्मिक अभियान्ता कृष्णा नन्द बत्सले नेपाली आवाज डटकमलाई जानाकारी दिए ।

यसैगरी उक्त छलफल कार्यक्रममा अयोध्या खोज अनुसन्धान समितिका सम्योजक नारदमणी पौडेलको समेत सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा संयाेजक पौडेलले माडी ७ मा रामधाम बनाउने विषयमा प्रस्तावित छलफलमा सहभागी हुन पाउँदा आँफुलाई खुशी लागेको बताए । उनले, सबै जना यसरी नै जागरुक भएर लाग्नुपर्ने तर्क गरे । उक्त छ्लफल कार्यक्रममा माडी नगरपालिका ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा नम्बर ८ का अध्यक्ष एबम प्रबक्ता शिबहरी सुवेदी सामाजिक अभियान्ता श्री प्रसाद दवाडी माडीका चर्चित पण्डित सुदर्शन सुवेदी, नेपालका धार्मिक अभियान्ता कृष्णा बत्स लगाएतका विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि एबम सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया