चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार ईच्छाकामना गाउपालिका वडा नं. ६ मा पर्ने चाेरखाेला (जलबिरे नजिकै) मा बिहान ८:१० मा पहिराेमा खस्दा सडक अबरुद्ध भएकाे हाे ।

सडकमा ठुलाे पहिराे गएकाले साे पन्छाउन केही समय लाग्ने देखिएकाे छ । सडक अबरुद्ध हुदा सवारी पास लिएर गुडेका यातायात भने बाटाेमै अड्किएका छन् ।

तपाईको प्रतिक्रिया