चितवन । चितवनमा शुक्रबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ र चितवन बाहिरका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् । यससँगै चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या १ हजार ११५ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका पुरुष छन् । यस्तै, २४ देखि ५४ वर्ष उमेर समूहका महिला छन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो ।

नवलपरासीपूर्व गैँडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जना र पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया